मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जोरपाटी ब्याडमिन्टन क्लबको स्थापना दिवसमा नगरस्तरीय खुल्ला तथा सुपर भेट्रान्स प्रतियोगिता आयोजना

5.8K
SHARES
जोरपाटी ब्याडमिन्टन क्लबको स्थापना दिवसमा नगरस्तरीय खुल्ला तथा सुपर भेट्रान्स प्रतियोगिता आयोजना

काठमान्डु । जोरपाटी ब्याडमिन्टन क्लबको स्थापना दिवसको अवसरमा गोकर्णेश्वर नगरपालिका नगरस्तरीय खुल्ला तथा सुपर भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ । प्रतियोगिता पुस ३ देखि ५ गते शनिबारसम्म हुनेछ ।

गोकर्णेश्वर नगरपालिका–५, जोरपाटीस्थित जोरपाटी ब्याडमिन्टन क्लबको आयोजनामा हुन लागेको यस प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै नगरस्तरमा ब्याडमिन्टन खेलको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने आयोजकको विश्वास छ ।

खुल्ला तथा सुपर भेटान (५५+) विधामा सञ्चालन हुने प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकाभित्रका विभिन्न क्लब तथा खेलाडीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतियोगितालाई सफल बनाउन स्थानीय समाजसेवी, खेलप्रेमी तथा सरोकारवालाहरूको सक्रिय सहयोग रहने आयोजक समितिले जनाएको छ ।

स्थापना दिवसको अवसरमा आयोजना गरिएको यस प्रतियोगिताले खेलकुदमार्फत सामाजिक एकता, स्वस्थ जीवनशैली र युवा तथा भेटान खेलाडीहरूलाई प्रेरित गर्ने उद्देश्य लिएको आयोजक जोरपाटी ब्याडमिन्टन क्लबले जानकारी दिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष २, बुधबार ०३:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP