मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पत्नी हत्या गरी अलैँची बारीमा गाड्ने श्रीमान् पक्राउ

2.7K
SHARES
पत्नी हत्या गरी अलैँची बारीमा गाड्ने श्रीमान् पक्राउ

इटहरी । संखुवासभामा पत्नीको हत्या गरी शव गाडेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । मादी नगरपालिका–६ का ४९ वर्षीय प्रेम दोर्ची शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीमाथि ३७ वर्षीया पत्नी मिना शेर्पाको हत्या गरेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार मंसिर ९ गते प्रेम दोर्चीले पत्नी हराएको भन्दै प्रहरीमा निवेदन दिएका थिए । उक्त निवेदनपछि सुरु गरिएको खोजतलास र अनुसन्धानका क्रममा घटनामा उनकै संलग्नता शंकास्पद देखिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।

प्रहरीका अनुसार सोधपुछका क्रममा प्रेम दोर्चीले पत्नीको हत्या गरेको स्वीकार गरेका छन् । मंसिर ९ गते राति करिब साढे १० बजे ओखरेबोटे बजारबाट घर फर्किने क्रममा दुवैबीच विवाद भएको र विवाद चर्किँदै जाँदा बाटोमै कुटपिट गरी हत्या गरेको उनले बयान दिएका छन् ।

हत्या पश्चात् शवलाई त्रिपालमा बेरेर आफ्नै अलैँची बारीमा खाल्डो खनी गाडेको कुरा पनि अभियुक्तले स्वीकार गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर २८, आईतवार ११:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP