मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ओखलढुंगा र धनकुटामा पाँच दिनभित्र पुनः प्रतिनिधि छनोट गर्न आदेश

1.7K
SHARES
ओखलढुंगा र धनकुटामा पाँच दिनभित्र पुनः प्रतिनिधि छनोट गर्न आदेश

काठमान्डु । नेकपा (एमाले) ले ओखलढुंगा र धनकुटा जिल्लामा महाधिवेशन प्रतिनिधि छनोट पुनः पाँच दिनभित्र सम्पन्न गर्न निर्देशन दिएको छ । दुवै क्षेत्रमा प्रतिनिधि छनोट प्रक्रियामा विवाद उत्पन्न भएपछि एमाले संगठन विभागले नयाँ प्रक्रिया सुरु गर्न स्थानीय कमिटीलाई पत्राचार गरेको हो ।

संगठन विभाग प्रमुख काशीनाथ अधिकारीका अनुसार पुनः निर्वाचनका लागि पाँच दिनको समय सीमा तोकिएको छ । “पार्टी केन्द्रीय नेताहरूलाई पनि आवश्यक सहजीकरणका लागि खटाएका छौँ,” उनले बताए ।

उनका अनुसार अन्य सबै जिल्लामा भौगोलिक, गैरभौगोलिक, विभागीय र जनसंगठनतर्फका प्रतिनिधि छनोट प्रक्रिया पूरा भइसकेको छ ।

अधिकारीले उजुरी र गुनासो दर्ता भएका स्थानहरूको अध्ययन भइरहेको जानकारी दिए । आगामी महाधिवेशनका लागि करिब २ हजार २५० देखि २ हजार २७५ प्रतिनिधि चयन हुने उनले बताए ।

उनका अनुसार प्रतिनिधि छनोटको सम्पूर्ण काम अब एक–दुई दिनमै अन्तिम चरणमा पुग्नेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १९, शुक्रबार १२:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP