मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एनपीएलमा आज विराटनगर र लुम्बिनी आमनेसामने, लुम्बिनीका लागि जित अपरिहार्य

2.6K
SHARES
एनपीएलमा आज विराटनगर र लुम्बिनी आमनेसामने, लुम्बिनीका लागि जित अपरिहार्य

काठमान्डु । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनअन्तर्गतको २२औँ खेलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्दै छन् । खेल आज (बुधबार) दिउँसो ४ः०० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट ८ अंक जोडेर तालिकाको तेस्रो स्थान ओगटेको छ । उता रोहित पौडेल नेतृत्व भएको लुम्बिनीले समान खेलमा ४ अंक बटुल्दै छैटौं स्थानमा छ ।

आजको भिडन्त विराटनगरका लागि प्लेअफ सुरक्षित गर्ने मौका हो । आज जित हात पार्न सके विराटनगर एक खेल बाँकी रहँदै प्लेअफमा प्रवेश गर्नेछ । तर लुम्बिनीका लागि भने प्लेअफ आशा जीवित राख्न आजको खेल जित्नु अपरिहार्य छ ।

२१ खेलपछि अंकतालिका निकै रोचक बनेको छ । अपराजित सुदूरपश्चिम १० अंकसहित प्लेअफमा पुगिसकेको छ । काठमान्डु र विराटनगर दुवैले ८–८ अंक प्राप्त गरे पनि रनरेटका आधारमा काठमान्डु दोस्रो र विराटनगर तेस्रो स्थानमा छन् । पोखरा चार अंकसहित चौथो स्थानमा छ भने चितवन र लुम्बिनीका पनि समान ४ अंक छन् ।

कर्णाली र जनकपुरले २–२ अंक जोडेका छन् । ६ खेल खेलिसकेको कर्णाली सातौं स्थानमा छ भने जनकपुर पुछारमा रहँदै अझै दुई खेल खेल्न बाँकी छ ।

एनपीएलका सबै खेल कीर्तिपुरमै दिउँसो र राति गरी सञ्चालन भइरहेको छ। मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगिता मंसिर २७ गतेसम्म चल्ने कार्यक्रम छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १७, बुधबार ०१:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP