मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमान्डुको सहज जित, चितवन ५३ रनले पराजित

1.4K
SHARES
काठमान्डुको सहज जित, चितवन ५३ रनले पराजित

काठमान्डु । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा चितवन राइनोज कमजोर ब्याटिङका कारण काठमान्डु गुर्खाजसँग ५३ रनले पराजित भएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १४३ रनको लक्ष्य पछ्याएको चितवन १७ ओभर १ बलमै ८९ रनमा समेटिँदै पराजित भयो । यो सिजनमा चितवनको यो दोस्रो हार हो । यसअघि उसले विराटनगर बोल्ट्स र कर्णाली याक्सलाई हराएको थियो भने लुम्बिनी लायन्ससँग पराजित भएको थियो ।

काठमान्डुको भने यो तेस्रो जित हो । यसअघि उसले लुम्बिनी लायन्स र जनकपुर रोयल्सलाई हराएको थियो भने विराटनगर बोल्ट्स र सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।

चितवनको इनिङ सुरुवातदेखि नै ध्वस्त भयो । ओपनर दीपक बोहोरा पहिलो ओभरकै पाँचौँ बलमा शून्यमै आउट भए । दोस्रो ओपनर डेविड मलान पनि तेस्रो ओभरको पाँचौँ बलमा पाभेलियन फर्किए । पाँचौँ ओभरमा सैफ जैब, त्यसपछि देव खनाल आउट हुँदै टोली झन् संकटमा पर्‍यो ।

देव खनाल र रवि बोपाराले समान २१–२१ रन जोडे । सोहिल तानवीरले १८ रन थपे । अरू कसैले दोहोरो अंक पार गर्न सकेन । अघिल्ला तीन खेलमा लगातार अर्धशतक प्रहार गरेका बोपाराको ब्याट पनि आज चल्न सकेन ।

काठमान्डुका लागि रसिद खानले ३ विकेट लिए, जसमा रवि बोपाराको महत्वपूर्ण विकेट पनि समावेश छ । करण केसीले दीपक बोहोरा र सोहिल तानवीरलाई आउट गरे । मलिन्द कुमारले मलान र सैफ जैबलाई पर्भेलियन पठाए । सैब आलमले देव खनाल र कुशल मल्ललाई आउट गरे । सन्तोष यादवले १ विकेट लिए ।

चितवनको बलिङ भने लयमै देखियो । ४ ओभर २ बलमा काठमान्डु ३ विकेटका क्षतिमा २४ रनमै रोकिएको थियो । चौथो विकेटका लागि मिलिन्द कुमार र जोन सिम्पसनले ९८ रनको ठोस साझेदारी गर्दै काठमान्डुलाई खेलमा फर्काए ।

जोन सिम्पसनले ६० रनको अर्धशतक बनाए । मिलिन्दले ३८ रन जोडे । यिनै दुईको उत्कृष्ट साझेदारी काठमान्डुका लागि निर्णायक सावित भयो ।

चितवनका बलरले १९ ओभर ४ बलमै सबै विकेट झारेका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १२, शुक्रबार ०९:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP