मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मन्त्रीपरिषद् बैठकः सात लाख विद्युतीय राहदानी खरिद गर्ने निर्णय

1.5K
SHARES
मन्त्रीपरिषद् बैठकः सात लाख विद्युतीय राहदानी खरिद गर्ने निर्णय

काठमाडौं । सरकारले अन्तरिम अवधिमा राहदानीको अभाव नहोस् भन्दै हाल कार्यरत आपूर्तिकर्तासँगै थप ७ लाख थान विद्युतीय राहदानी खरिद गर्ने निर्णय गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राहदानी विभागलाई भेरियसन आदेशमार्फत खरिद प्रक्रिया अघि बढाउन अनुमति दिएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलका अनुसार, नयाँ सम्झौता लागू नहुँदासम्मको अन्तरिम समाधानका रूपमा यो व्यवस्था गरिएको हो । फ्रान्सेली कम्पनीसँगको पुरानो सम्झौता रद्द भइसकेपछि तत्कालको अभाव टार्न सरकारले यही उपाय अवलम्बन गरेको बताइएको छ ।

यस्तै, मन्त्रिपरिषद्ले मंसिर १० र ११ मा ढाकामा आयोजना हुने नेपाल–बंगलादेश ऊर्जा सहकार्यसम्बन्धी संयुक्त कार्य समूह तथा संयुक्त सञ्चालन समितिको सातौँ बैठकमा ऊर्जा सचिव चिरञ्जिवी चटौत नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति प्रदान गरेको छ ।

बैठकले लुम्बिनी विकास कोष तथा लुम्बिनी विकास परिषद्को सदस्य–सचिवमा दिपक श्रेष्ठलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । साथै, नेपाली सेनाका एक महासेनानीलाई सहायक रथीमा र एक सहायक रथीलाई उपरथीमा विशेष बढुवा दिने निर्णय गरिएको मन्त्री खरेलले बताए ।

त्यसैगरी, उपभोक्ता अदालत र बाल अदालतका संगठन संरचना तथा दरबन्दी स्वीकृत गर्ने तथा मंसिर ८ देखि १२ सम्म चीनको ल्हासामा हुने महिला सेमिनारमा आदिवासी जनजाति आयोगकी सदस्य रिना रानालाई सहभागी हुन अनुमति दिने निर्णय पनि सरकारले गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर ५, शुक्रबार ११:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP