मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एनपीएल २०२५: काठमाडौं गोर्खाजको दमदार सुरुआत, साविक विजेता जनकपुर बोल्ट्स पराजित

2.2K
SHARES
एनपीएल २०२५: काठमाडौं गोर्खाजको दमदार सुरुआत, साविक विजेता जनकपुर बोल्ट्स पराजित

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराउँदै काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी अभियानको सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंले दिएको १३१ रनको लक्ष्य १८ ओभरमै पूरा गर्दै सहज जित दर्ता गर्यो ।

काठमाडौंका लागि बेन चार्ल्सवर्थले ४६ रनको उत्कृष्ट पारी खेले । त्यस्तै, आकाश त्रिपाठीले ३९ रन, मिलिन्द कुमारले १९, जोन सिम्पसनले १३, मोहम्मद आदिल आलमले ८ तथा भीम सार्कीले ३ रन जोडे ।

जनकपुर बोल्ट्सका बलरहरू अनिल साह, ललित राजवंशी, सञ्जय कृष्णमूर्ति, किशोर महतो र जान निकोल लफ्टी–इटोनले एक–एक विकेट हात पारे ।

यसअघि टस जीतेर ब्याटिङ गरेको जनकपुर बोल्ट्सले ६ विकेटको क्षतिमा १३० रन बनाएको थियो । टोलीका लागि आसिफ शेखले ४१ बलमा ६ चौका र एक छक्का सहित अर्धशतक प्रहार गरे । मयन यादवले ३४, लाहिरु समरकूनले २२, लाहिरु मिलन्थाले ७ तथा रुपेश सिंहले ४ रन बनाए ।

काठमाडौं गोर्खाजका बलिङतर्फ मिलिन्द कुमार तीन विकेटसहित चम्किए भने करण केसी, शहाब आलम र सन्तोष यादवले एक–एक विकेट लिए ।

एनपीएल अन्तर्गत मंगलबार दुई खेल हुँदैछन्— बिहान ११ः४५ मा चितवन राइनोज र कर्णाली याक्स तथा दिउँसो ४ बजे विराटनगर किंग्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १, सोमबार १३:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP