मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेसले आइतबार तीनै तहका पार्टी कार्यालय बन्द गर्ने

1.5K
SHARES
कांग्रेसले आइतबार तीनै तहका पार्टी कार्यालय बन्द गर्ने

काठमाडौं । नेपाली कांग्रेसले पूर्वमन्त्री तथा पूर्वकेन्द्रीय सदस्य मोहम्मद आफ्ताब आलमको निधनप्रति श्रद्धाञ्जलीस्वरूप आइतबार देशभरका पार्टी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले केन्द्रीय, प्रदेश र जिल्ला तहका पार्टी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

बैठकले आलमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । साथै, शनिबारदेखि तीन दिनसम्म पार्टीका सबै कार्यालयमा झण्डा आधा झुकाउने र १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय पनि गरिएको पौडेलले बताए ।

रौतहटका पूर्वसभापति समेत रहेका नेता आफ्ताब आलमको ६३ वर्षको उमेरमा काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार राति निधन भएको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २२, शनिबार १०:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP