मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

हङकङ सिक्सेस क्रिकेटः नेपालको भारतमाथि शानदार जित, दक्षिण अफ्रिकासँग पराजित

2.6K
SHARES
हङकङ सिक्सेस क्रिकेटः नेपालको भारतमाथि शानदार जित, दक्षिण अफ्रिकासँग पराजित

काठमाडौं । हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले भारतमाथि प्रभावशाली जित हात पारेको छ । शनिबार सम्पन्न खेलमा नेपालले भारतलाई ९२ रनले पराजित गर्दै उत्कृष्ट प्रदर्शन गरेको हो ।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा विना विकेट १३६ रनको विशाल योगफल बनायो । नेपालका लागि रशिद खानले ५५ रनको विस्फोटक इनिङ खेल्दा, सन्दीप जोराले ४७ रन र लोकेश रनले ३१ रनको योगदान दिए ।

जवाफी ब्याटिङमा उत्रिएको भारतको सुरुवात कमजोर रह्यो । लक्ष्य पछ्याउने क्रममा भारतले ३ ओभरमै सबै विकेट गुमाएर ४५ रनमा सिमित रह्यो ।

भारतका लागि भरत चिपली र प्रियांक पञ्चालले समान १२–१२ रन बनाए भने अन्य ब्याटर दोहोरो अंकमा पुग्न असफल रहे ।

बलिङतर्फ नेपालका रशिद खानले ३ विकेट, बसिर अहमदले २ विकेट, र रुपेश सिंहले १ विकेट लिए ।

दक्षिण अफ्रिकासँग पराजित
त्यस्तै आजै भएको खेलमा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको छ । मिसन रोड ग्राउन्ड मोङ कोकमा आज बिहान भएको खेलमा जितको लागि नेपालले दिएको ५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ३ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि ब्लेक सिम्पसनले सर्वाधिक ३० रन बनाए ।

नेपालका लागि लोकेश बमले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ३ ओभर ३ बलमा ५८ रनमा अलआउट भएको थियो । नेपालका लागि राशिद खानले सर्वाधिक १६ रन बनाए । लोकेश बमले १४ तथा आदिल आलमले १३ रन बनाए ।

दक्षिण अफ्रिकाका अब्दुल्लाह बायोमी, ब्लेक सिम्पसन र जोरिक भान साकवायकले समान २–२ विकेट लिए ।

योसँगै नेपालले प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ । यसअघि नेपाल पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २२, शनिबार ०९:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP