मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंमा अतिक्रमणविरुद्ध कडाइ, संरचना हटाउन ७ दिनको समयसीमा

3K
SHARES
काठमाडौंमा अतिक्रमणविरुद्ध कडाइ, संरचना हटाउन ७ दिनको समयसीमा

काठमाडौं । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले राजधानीका अतिक्रमित जग्गा तथा मापदण्ड विपरीत बनेका संरचना हटाउन ७ दिनको समयसीमा तोकेका छन् ।

गत असोज २ गते बसेको संयुक्त बैठकको निर्णयअनुसार, महानगरले आज अत्यन्त जरुरी सूचना जारी गर्दै सम्बन्धित व्यक्ति तथा संस्थाहरुलाई स्वेच्छाले आफ्ना संरचना खाली गर्न वा हटाउन आग्रह गरेको हो ।

सूचनामा भनिएको छ, “काठमाडौं महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौं जिल्लाभित्रका सार्वजनिक स्थलमा अतिक्रमण र मापदण्ड विपरीतका संरचना नहटाए कारबाही गरी बलपूर्वक खाली गरिनेछ ।”

महानगर र विकास प्राधिकरणले संयुक्त रूपमा आगामी दिनमा सडक, सार्वजनिक जग्गा, नदी किनार र खुला क्षेत्रहरूमा भएको अवैध निर्माणमाथि कारबाही तीव्र पार्ने तयारीसमेत गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १४, शुक्रबार ०३:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP