मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर स्थिर मौसम, केही पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

3.4K
SHARES
देशभर स्थिर मौसम, केही पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशभर हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अधिकांश भू–भागमा आज मौसम सामान्य रूपमा सफा रहने अनुमान गरिएको छ ।

महाशाखाका अनुसार सबै प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहँदा बाँकी स्थानहरूमा आकाश मुख्यतया सफा रहनेछ ।

दिउँसोको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रहरूमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ ।

रातिको समयमा पनि यिनै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने र गण्डकी प्रदेशका उच्च पहाडी क्षेत्रहरूमा फेरी पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सामान्यतया, देशका अधिकांश स्थानहरूमा सफा र स्थिर मौसम रहने भएकाले दैनिक कार्यमा विशेष बाधा नपर्ने अपेक्षा गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक ७, शुक्रबार ००:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP