मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

दक्षिण कोरियाको निर्यातमा लगातार आठ महिनादेखि दोहोरो अंकको वृद्धि

1.2K
SHARES
दक्षिण कोरियाको निर्यातमा लगातार आठ महिनादेखि दोहोरो अंकको वृद्धि

सोल । दक्षिण कोरियाको निर्यात मात्रामा सेप्टेम्बर महिनामा १४.४ प्रतिशतको उल्लेखनीय वृद्धि भएको छ । केन्द्रीय बैंक (बीओके) का ताजा तथ्यांकका अनुसार फेब्रुअरीयता यो आठौँ महिनासम्म निरन्तर वृद्धि हो, जसमा विशेष गरी इलेक्ट्रोनिक उत्पादनहरूको माग प्रमुख कारण बनेको छ ।

बीओकेका अनुसार सेप्टेम्बरमा निर्यात मात्राको सूचकाङ्क गत वर्षको सोही महिनासँग तुलना गर्दा १४.४ प्रतिशतले उकासिएको छ । कम्प्युटर, इलेक्ट्रोनिक तथा अप्टिकल उपकरणतर्फको निर्यात मात्रै १६.९ प्रतिशतले बढेको छ, जसले सात महिनादेखि दोहोरो अङ्कको वृद्धि कायम राखेको छ ।

रासायनिक पदार्थ र यातायातसम्बन्धी उपकरणहरूको निर्यातले समेत दोहोरो अंकमा वृद्धि गरेको छ । यद्यपि, तेलजन्य उत्पादन, धातुजन्य वस्तु, मेसिनरी र विद्युतीय उपकरणतर्फ वृद्धिदर एकल अंकमै सीमित रहेको छ ।

निर्यात मूल्य सूचकाङ्क पनि सेप्टेम्बरमा गत वर्षको समान अवधिसँग तुलना गर्दा १२.० प्रतिशतले बढेको छ, जुन लगातार चौथो महिनाको वृद्धि हो ।

उता, आयात मात्राको सूचकाङ्क १३.७ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क ७.८ प्रतिशतले उक्लिएको छ ।

व्यापारको सापेक्ष शर्त संकेतक (नेट टर्म्स–अफ–ट्रेड) पनि ३.२ प्रतिशतले सुधारिएको छ । यसको प्रमुख कारण आयात मूल्यको गिरावट निर्यात मूल्यको तुलनामा बढी हुनु रहेको बीओकेले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १, शनिबार ०६:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP