मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

टी–२० विश्वकप छनोटमा आज नेपाल र जापान आमनेसामने

1.4K
SHARES
टी–२० विश्वकप छनोटमा आज नेपाल र जापान आमनेसामने

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा आज (शुक्रबार) नेपाल र जापान भिड्दै छन् । खेल ओमान क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा ४ः०० बजे सुरु हुनेछ ।

नेपाल र जापान दुवै टोली एक खेलअघि नै सुपर सिक्स चरणमा प्रवेश गरिसकेका छन् । समूह ‘बी’ अन्तर्गत कतारले लगातार दोस्रो हार बेहोरेसँगै नेपाल र जापानको सुपर सिक्स यात्रा सुनिश्चित भएको हो ।

नेपालले समूह चरणको पहिलो खेलमा कतारलाई ५८ रनले पराजित गरेको थियो भने जापानले कतारमाथि ५ विकेटको जित निकालेको थियो । समूह ‘बी’मा नेपाल, जापान र कुवेत छन् ।

यसैगरी समूह ‘ए’ मा मलेसिया, कतार र यूएई रहेका छन् भने समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ छन् । प्रतियोगितामा सहभागी ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली सुपर सिक्समा पुग्नेछन् र सुपर सिक्सको शीर्ष तीन टोलीले टी–२० विश्वकपमा स्थान पाउनेछन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन २४, शुक्रबार ०५:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP