मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सिन्धुलीमा बलेरो दुर्घटना, चालकसहित १२ जना घाइते

1.6K
SHARES
सिन्धुलीमा बलेरो दुर्घटना, चालकसहित १२ जना घाइते

काठमाडौं । सिन्धुलीको बीपी राजमार्गमा काठमाडौंबाट धापचौकी जाँदै गरेको बा.२० च ९३१ नम्बरको बोलेरो पिकअप दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन् । दुर्घटना सुनकोशी गाउँपालिका–६ भालुखोला नजिक मरिन डाइभर्सन क्षेत्रमा बिहान करिब ११ः४५ बजे भएको हो ।

डबल क्याप बोलेरो अचानक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनापछि इलाका प्रहरी कार्यालय खुर्कोट र सशस्त्र प्रहरीले संयुक्त रूपमा उद्धार कार्य सञ्चालन गरे । घाइतेहरूलाई सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा उपचारका लागि लगिएको छ । गोताखोर टोली पनि उद्धारमा खटिएको थियो ।

सिन्धुलीका चालक ओमबहादुर रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाइतेहरूको विवरण
१. मालती खुलाल (२०), सिन्धुली गोलञ्जोर–०४ — छाती र ढाडमा चोट, अवस्था सामान्य
२. भोजबहादुर थापा मगर (१७), सिन्धुली गोलञ्जोर–०४ — निधार, आँखा र टाउकोमा चोट, अवस्था मध्यम
३. प्रेम मगर — टाउकोमा गम्भीर चोट
४. जम्पा खुलाल मगर — निधारमा चोट, अवस्था सामान्य
५. सुसन मगर — निधारमा चोट, अवस्था मध्यम
६. केदार थापा मगर — छातीमा चोट, अवस्था मध्यम
७. रोजिना थापा मगर — छातीमा चोट, अवस्था मध्यम
८. ज्ञानेन्द्र मगर — टाउको र छातीमा चोट, अवस्था सामान्य
९. तारा बहादुर खुलाल — नाक, कम्मर र छातीमा चोट, अवस्था मध्यम
१०. नितेश मगर — अवस्था सामान्य
११. रोश्मी मगर — अवस्था सामान्य
१२. ओम आले मगर — छाती र ढाडमा चोट, अवस्था सामान्य
१३. चालक ओमबहादुर राना — दुवै घुँडामा सामान्य चोट, अवस्था सामान्य (प्रहरी नियन्त्रणमा)

यस दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन १३, सोमबार ०७:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP