मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर आंशिक बदली, पहाडी भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

2.1K
SHARES
देशभर आंशिक बदली, पहाडी भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको आंशिक प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदलीको अवस्था देखिनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा केही स्थानहरूमा र लुम्बिनी तथा कर्णाली प्रदेशका पहाडी भूभागमा थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै, कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रका एक(दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको मौसमविद्हरूले बताएका छन्।

आज राति देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतः सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानहरूमा तथा देशका अन्य पहाडी भागका एक(दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

मौसम पूर्वानुमान महाशाखाले सम्भावित भारी वर्षाका कारण पहिरो, बाढी तथा सवारी आवागमनमा अवरोध आउन सक्ने भएकाले सतर्कता अपनाउन सुझाव दिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ९, बिहीबार ००:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP