मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आगजनीबाट क्षतिग्रस्त सरकारी संरचनाहरूको सरसफाइ तथा प्राविधिक परीक्षण सुरु

1.8K
SHARES
आगजनीबाट क्षतिग्रस्त सरकारी संरचनाहरूको सरसफाइ तथा प्राविधिक परीक्षण सुरु

काठमाडौं । जेन जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका सरकारी संरचनाहरूको सरसफाइ र प्राविधिक परीक्षण सुरु गरिएको छ । ती संरचनाहरू प्रयोगमा ल्याउन सकिने वा नसकिने भन्ने निर्णय प्राविधिक परीक्षणपश्चात मात्र हुने जनाइएको छ ।

शनिबार रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भवनमा सरसफाइ र प्रारम्भिक प्राविधिक परीक्षण सम्पन्न गरिएको छ । उक्त मन्त्रालयको भवन आन्दोलनका क्रममा आगलागीबाट पूर्णरूपमा क्षतिग्रस्त भएको थियो ।

नेपाल इन्जिनियर्स एशोसियसनका अध्यक्ष सुवासचन्द्र बरालका अनुसार मन्त्रालयको भित्तामा भने खास क्षति नपरे पनि स्ल्यावहरू पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । यसले भवन पुनः प्रयोग गर्न जोखिमपूर्ण बनाएको उनले बताए ।

बरालले भवन निर्माण विभागको समन्वयमा एशोसियसनले ध्वस्त संरचनाहरूको प्रारम्भिक परीक्षण गरिरहेको जानकारी दिए । परीक्षणपछि संरचनालाई पुनर्निर्माण गर्ने उपायबारे सुझाव दिइने उनले स्पष्ट पारे ।

सिंहदरबार क्षेत्रका केही भवनहरू पुनः प्रयोग गर्न मिल्ने अवस्थामा रहेकामा केही भने अत्यन्त जोखिमपूर्ण अवस्थामा रहेको जनाइएको छ ।

त्यस्तै, सर्वोच्च अदालतको उत्तरतर्फको भवन पूर्णरूपमा क्षतिग्रस्त भएकाले प्रयोग अयोग्य रहेको र दक्षिणतर्फको भवनमा भने कम जोखिम देखिएको बताइएको छ ।

इन्जिनियर्स एशोसियसनले सबै संरचना प्राविधिक परीक्षणपश्चात मात्र प्रयोग गर्न सुझाव दिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ४, शनिबार ०८:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP