मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेशसभाका सभामुख पाठकको राजीनामा

1.6K
SHARES
बागमती प्रदेशसभाका सभामुख पाठकको राजीनामा

काठमाडौं । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन् । सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका पाठकले ह्वाट्स एपमार्फत उपसभामुख अप्सरा चापागाईलाई औपचारिक पत्र पठाएका हुन् ।

संविधान र प्रदेशसभा नियमावली, २०७४ अनुसार उपसभामुखलाई सम्बोधन गरी पठाइएको राजीनामा पत्रमा पाठकले भदौ २३ गते भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा भएको प्रदर्शनमा अस्वाभाविक बल प्रयोगबाट भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका थिए । सो घटनापछि भदौ २४ गते नै सामाजिक सञ्जालमार्फत पद त्याग गर्ने घोषणा गरे पनि तत्काल प्राविधिक कारणले औपचारिक पत्र बुझाउन नसकेको उनले स्पष्ट पारेका छन् ।

औपचारिक पत्रमार्फत राजीनामा बुझाउँदै पाठकले उक्त घटनाले आफूलाई अत्यन्त भावविह्वल बनाएको र राष्ट्र शोकमा डुबेको समयमा नेपाली जनताको चाहना तथा युवा पुस्ताको भावना विपरीत पदमा रहिरहनु उचित नलागेकाले निर्णय गरेको उल्लेख गरेका छन् । राजीनामा पत्रको प्रतिलिपि प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रदेशसभा सचिवालयलाई पनि पठाइएको छ ।

पाठक राप्रपाको समानुपातिक कोटाबाट बागमती प्रदेशसभा सदस्य बनेका थिए । २०७९ पुस २८ गते एमाले, माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादीको समर्थनमा ६४ मत प्राप्त गरी उनी सभामुख निर्वाचित भएका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन १, बुधबार ०६:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP