मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मेस्सीको गोल र असिस्टः इटर मियामीको सिएटलमाथि ३—१ को जीत

1.7K
SHARES
मेस्सीको गोल र असिस्टः इटर मियामीको सिएटलमाथि ३—१ को जीत

फ्लोरिडा । लियोनेल मेस्सीले एक गोल र एक असिस्ट गर्दा इन्टर मियामीले मंगलबार राति सिएटल साउन्डर्सलाई ३—१ ले पराजित गरेको छ । यसअघि अगष्ट ३१ मा भएको लिग्स कप फाइनलमा मियामी सिएटलसँग ३—० ले पराजित भएको थियो ।

खेलको १२औँ मिनेटमै मेस्सीले जोर्डी अल्बालाई असिस्ट गरे । अल्बाले सहजै गोल गर्दै मियामीलाई अग्रता दिलाए । २८औँ मिनेटमा मेस्सीले गोल गर्ने प्रयास गरे तर बल पोस्टमा लागेर फर्कियो ।

४१औँ मिनेटमा अल्बाले मेस्सीलाई असिस्ट फर्काए, जसलाई मेस्सीले टच गर्दै गोलमा परिणत गरे । दोस्रो हाफको सुरुवातमै रोड्रिगो डे पउलको कर्नर किकलाई इयान फ्रेले हेडिङ गर्दै अन्तर मियामीलाई ३—० को मजबुत अग्रता दिलाए ।

सिएटलका मेक्सिकन खेलाडी ओबेड वर्गासले ६९औँ मिनेटमा गोल गर्दै टिमलाई सान्त्वना दिए । संयोगवश, उनले मेक्सिकोको स्वतन्त्रता दिवसमा गोल गरेका थिए ।

यस खेलमा पनि इन्टर मियामीका स्ट्राइकर लुइस सुवारेज अनुपस्थित रहे, उनले लिग्स कप फाइनलमा सिएटलको प्रशिक्षक स्टाफमाथि थुकेको घटनापछि एमएलएसले तीन खेलको निलम्बन गरेको छ ।

७६औँ मिनेटमा मेस्सीले दोस्रो गोल गर्ने सुवर्ण अवसर पाए पनि गोलकिपर स्टेफान फ्रेले उत्कृष्ट बचाउ गरे । यसैबीच, अर्जेन्टिनाको न्युनेल्स ओल्ड ब्वाइजबाट आएका नयाँ खेलाडी मातेओ सिल्भेत्तीले अन्तर मियामीका लागि डेब्यू गरे ।

एमएलएस अन्तर्गत अब इन्टर मियामी शनिबार डीसी युनाइटेडसँग खेल्नेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन १, बुधबार ०५:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP