मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्री कार्की र भारतीय राजदूतबीच शिष्टाचार भेट

1.6K
SHARES
प्रधानमन्त्री कार्की र भारतीय राजदूतबीच शिष्टाचार भेट

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच मंगलबार अपराह्न सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटका क्रममा राजदूत श्रीवास्तवले नेपालको समृद्धि र विकासका लागि भारत निरन्तर सहयोगी रहेको र आगामी दिनमा पनि पुनर्निर्माण तथा समृद्ध नेपाल बनाउन भारत साथमा रहने प्रतिवद्धता व्यक्त गरे । उनले नेपालमा शान्ति, सुशासन र स्थायित्व भारतको प्राथमिकतामा रहेको उल्लेख गरे ।

यस्तै, प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार भिडिओ संवाद हुने कार्यक्रम तय भइसकेको छ ।

जेनजी आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि सुशीला कार्की अन्तरिम सरकारको नेतृत्वमा नियुक्त भएकी हुन् । प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गतेका लागि तोकिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ३१, मंगलवार १२:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP