मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जेनजी आन्दोलनमा ५१ को मृत्यु, हजारभन्दा बढी घाइते

1.9K
SHARES
जेनजी आन्दोलनमा ५१ को मृत्यु, हजारभन्दा बढी घाइते

काठमाडौं । भदौ २३ र २४ गते दुई दिन चलेको जेन जी पुस्ताको आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको नेपाल प्रहरीले जनाएको छ । मृतकमध्ये ३ जना प्रहरीसमेत छन् ।

प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार अन्य क्षतिको विवरण संकलन भइरहेको छ । उनले भने, “अहिलेसम्म ३ जना प्रहरीसहित ५१ जनाको मृत्यु भएको पुष्टि भएको छ, थप विवरण संकलन हुँदैछ ।”

प्रदर्शनका क्रममा एक जना भारतीय महिला र ९ जना कैदीको ज्यान गएको छ भने बाँकेस्थित बाल सुधार गृहमा भएको झडपमा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आन्दोलनका क्रममा घाइते भएका १,७७१ जनामध्ये १,३७९ जनाले उपचारपछि डिस्चार्ज पाएको र २८४ जना अझै अस्पतालमा भर्ना भएर उपचाररत रहेको जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २७, शुक्रबार १०:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP