मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

यूएस ओपनः साबालेन्काको दुर्लभ दोहोरो उपाधि, एनिसिमोभा पराजित

1.8K
SHARES
यूएस ओपनः साबालेन्काको दुर्लभ दोहोरो उपाधि, एनिसिमोभा पराजित

काठमाडौं । विश्व नम्बर एक महिला टेनिस खेलाडी आर्यना साबालेन्काले अमेरिकी अमान्डा एनिसिमोभालाई हराउँदै यूएस ओपन महिला एकलमा लगातार दोस्रो पटक उपाधि जितेकी छन् । शनिबार भएको फाइनलमा शीर्ष वरीयताकी साबालेन्काले आठौं वरीयताकी एनिसिमोभालाई ६–३, ७–६(३) ले पराजित गरिन् ।

यससँगै साबालेन्का सन् २०१४ मा सेरेना विलियम्सपछि फ्लसिङ मेडोजमा लगातार दुई पटक एकल उपाधि जित्ने पहिलो महिला बनेकी छन् ।

२७ वर्षीया बेलारुसकी साबालेन्काले करिअरको १००औं ग्रान्ड स्लाम मुख्य ड्रको जित हासिल गरिन् । यस वर्ष उनले टुरमा ५६ जित जोड्दै अग्रस्थानमा छिन् । अघिल्ला दुई फाइनल (अष्ट्रेलियन ओपन र रोलेण्ड ग्यारेस) मा पराजय बेहोरेकी उनी यसपटक आफ्नो पहिलो ग्रान्ड स्लाम उपाधि जित्न सफल भइन् । यो उनको चौथो ग्रान्ड स्लाम उपाधि हो ।

उपाधि जितेपछि भावुक बनेकी साबालेन्काले भनिन्, “यसअघि दुई फाइनल हार्दा धेरै पीडादायी थियो । तर कडा परिश्रमपछि यो फाइनल जित्दा साँचो भावनाले भरिएको छु । यसपटक मैले आफ्नो भावनालाई नियन्त्रण गर्दै राम्रो खेल देखाउन सकेँ, त्यसैले गर्व छ ।”

एनिसिमोभाले यसअघि विहम्बल्डन फाइनलमा इगा स्वियाटेकसँग हार बेहोरेकी थिइन् । लगातार दुई ग्रान्ड स्लाम फाइनलमा हारसँगै उनी उपाधि जित्न असफल भइन् । तर यो प्रदर्शनपछि उनी डब्लुटिए र्‍याङ्किङमा पहिलोपटक शीर्ष पाँचमा प्रवेश गर्ने निश्चित भएको छ ।

यसअघि फ्रान्स ओपनमा कोको गफसँगको हारपछि साबालेन्का आलोचनामा आएकी थिइन् । त्यसबेलाको टिप्पणीका लागि उनले पछि माफी मागेकी थिइन् । उनले अनुभवलाई महत्वपूर्ण सिकाइको रूपमा लिएको बताउँदै भनिन्, “त्यो क्षणमा म अत्यन्त भावुक थिएँ । तर त्यसबाट सिकेर अझ बलियो भएकी छु ।”

साबालेन्का हालसम्म ४६ सातादेखि डब्लुटिए र्‍याङ्किङको शीर्ष स्थानमा छिन् । उनले अहिले अष्ट्रेलियन ओपन (२०२३, २०२४) र यूएस ओपन (२०२४, २०२५) गरी दुवै हार्ड कोर्ट ग्रान्ड स्लाममा दुई–दुई पटक उपाधि जितेर इतिहास रचेकि छिन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २२, आईतवार ०४:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP