मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

संसदीय सुनुवाइ विशेष समितिको सभापतिमा खतिवडाको दाबी

1.3K
SHARES
संसदीय सुनुवाइ विशेष समितिको सभापतिमा खतिवडाको दाबी

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदीय सुनुवाइ विशेष समितिको सभापतिमा मनोनयन दर्ता गरेका छन् ।

खतिवडाले यसअघि राज्य व्यवस्था समितिबाट साउन २८ गते राजीनामा दिएका थिए । राजीनामा दिएलगत्तै उनलाई संसदीय सुनुवाइ समितिको सदस्य बनाइएको हो ।

उनी सभापतिका लागि उम्मेदवार बनेसँगै समितिमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भएको छ । सभापति चयन प्रक्रिया शुक्रबार बस्ने समितिको बैठकमार्फत टुंगो लगाइनेछ ।

यसअघि संसदीय सुनुवाइ समितिको सभापति इश्वरी न्यौपानेलाई राज्य व्यवस्था समितिमा स्थानान्तरण गरिएको थियो । न्यौपाने विगतमा खतिवडाले छाडेको पदमै गएका हुन् भने अहिले खतिवडालाई न्यौपानेले छाडेको स्थानमा ल्याउन लागिएको हो ।

यसरी दुई नेताबीच समितिको नेतृत्व अदला–बदलीको जस्तो परिदृश्य बनेको छ । संसदभित्र अब नेतृत्व चयनले सत्ता–प्रतिपक्षबीच थप राजनीतिक समीकरण ल्याउने अपेक्षा गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १९, बिहीबार १२:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP