मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिनिधिसभाको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफलको कार्यसूची

3K
SHARES
प्रतिनिधिसभाको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफलको कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्दैछ । आज अपराह्न १ बजे बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिने र महत्वपूर्ण विधेयकमाथि छलफल गर्ने कार्यसूची तय गरिएको छ ।

बैठकमा सञ्चार तथा सूचना प्रविधि, स्वास्थ्य तथा जनसंख्या, कृषि तथा पशुपन्छी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिनेछन् ।

‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभामुखले निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ लाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सदनमा पेश गर्ने कार्यक्रम छ ।

राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन विधेयक, २०७९)’ माथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १९, बिहीबार ००:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP