मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एमालेको दोस्रो विधान महाधिवेशनः २,३४१ सहभागी हुने

2.1K
SHARES
एमालेको दोस्रो विधान महाधिवेशनः २,३४१ सहभागी हुने

काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा कुल २ हजार ३ सय ४१ जना सहभागी हुने भएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएअनुसार महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले भाद्र २० गते बिहान ११ बजे ललितपुरको गोदावरीस्थित सनराज हलमा गर्नेछन् ।

महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि रहनेछन् । साथै आयोजकका हैसियतमा थप ३१५ जना सहभागी हुने भएकाले कुल संख्या २,३४१ पुग्नेछ ।

महाधिवेशनलाई सफल बनाउन मञ्च सजावट, सचिवालय, स्वयंसेवक, मेडिकल टिम, मिडिया सेन्टर, झाँकी प्रदर्शन, यातायात व्यवस्था लगायतका सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । सातदोबाटोदेखि महाधिवेशन स्थलसम्म र उपत्यकाका विभिन्न स्थानमा स्वागतद्वार तथा स्वागत गेटहरू निर्माण गरिएको छ ।

अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

यस्तै केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्ने छन् ।

सहभागी प्रतिनिधिहरूबीच समूहगत छलफलको व्यवस्था मिलाइएको छ । विधान महाधिवेशनले केन्द्रीय निर्वाचन आयोगको नयाँ नेतृत्व पनि चयन गर्नेछ ।

महाधिवेशनलाई भव्य बनाउन ८ वटा उपसमिति गठन गरिएको छ । केन्द्रीय संगठन विभागका प्रमुख काशीनाथ अधिकारीको नेतृत्वमा प्रतिनिधि व्यवस्थापन तथा अद्यावधिक सूचि तयार गर्ने काम सकिएको छ ।

केन्द्रीय सम्पर्क समन्वय कमिटी इन्चार्ज लालबाबु पण्डितको नेतृत्वमा आवास व्यवस्थापन, जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालको नेतृत्वमा स्वयंसेवक परिचालन, स्वास्थ्य विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा स्वास्थ्य व्यवस्थापन, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमको नेतृत्वमा प्रचार व्यवस्थापन, मजदुर फॉट प्रमुख विनोद श्रेष्ठको नेतृत्वमा मञ्च तथा साजसज्जाको व्यवस्थापन, जनसाँस्कृतिक फाँट प्रमुख हेमराज राईको नेतृत्वमा साँस्कृतिक कार्यक्रम र झाँकी व्यवस्थापन र केन्द्रीय कार्यालय सचिव डा। भीष्म अधिकारीको नेतृत्वमा खाद्य र सचिवालय व्यवस्थापन हुनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १८, बुधबार १०:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP