मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एससिओ प्लस शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीको सम्बोधन

2.3K
SHARES
एससिओ प्लस शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीको सम्बोधन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) प्लस शिखर सम्मेलनलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले मुलुकको हित, द्विपक्षीय सम्बन्ध र अन्तर्राष्ट्रिय विषयहरूमा आफ्नो भनाइ राखेका थिए ।

चीनको थियानजिनस्थित थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आइतबारदेखि सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरूले सम्बोधन गरेका छन् ।

प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा भदौ १४ गतेदेखि पाँच दिने भ्रमणमा चीनमा छन् । भ्रमणको क्रममा उनले विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरूसँग दुईपक्षीय भेटवार्ता जारी राखेका छन् ।

भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १६, सोमबार १४:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP