मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोकिँदा दुई युवाको मृत्यु

2.1K
SHARES
जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोकिँदा दुई युवाको मृत्यु

काठमाडौं । काठमाडौंको जडिबुटीमा आज (शुक्रबार) बिहान दुर्घटनामा परी दुई युवाको मृत्यु भएको छ ।

आज बिहान करिब २ः४५ बजेतिर जडिबुटीको आकासे पुल नजिकै रोकिराखेको बागमती प्रदेश ०१–००६ ख ४२४३ नम्बरको बसमा कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको लु ४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा स्कुटर चालक पश्चिम नवलपरासीको सुनवल नगरपालिका १ घर भई हाल भक्तपुरको लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेल र काभ्रेको पाचँखाल–२ होक्से घर भएका २३ वर्षका नितेश नेपालको मृत्यु भएको हो ।

प्रहरीका अनुसार उनीहरूको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा मृत्यु भएको हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १३, शुक्रबार ०२:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP