मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

डडेल्धुरामा जिप दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु

2.2K
SHARES
डडेल्धुरामा जिप दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु

धनगढी । डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ चौड नजिकैको कच्ची सडक खण्डमा बिहीबार बिहान जिप दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका छन् । से १ ज ७३८ नम्बरको जिप ठाडा बजारबाट सदरमुकामतर्फ आउँदै गर्दा सडकबाट करिब ५०० मिटर तल जंगलमा खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका निमित्त प्रमुख प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार घटनास्थलमै चार जनाको शव फेला परेको छ भने मृतकको पहिचान भने खुल्न बाँकी छ ।

दुर्घटनामा घाइते भएको आशंका गरिएका यात्रुहरूको उद्धार भइरहेको र उनीहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ ।

दुर्घटना बिहानीपख भएको घटनाको वास्तविक कारण खुलेको छैन ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १२, बिहीबार ०४:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP