मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशका पहाडी क्षेत्रमा बदली र मध्यम वर्षाको सम्भावना, महाशाखाको सतर्कता अनुरोध

2.7K
SHARES
देशका पहाडी क्षेत्रमा बदली र मध्यम वर्षाको सम्भावना, महाशाखाको सतर्कता अनुरोध

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणतर्फ र पश्चिमतर्फ सरदर स्थानको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

यस प्रणालीको प्रभावले देशका पहाडी भूभागमा सामान्य बदली देखिएको छ भने बाँकी भूभागहरूमा आंशिक बदलीको अवस्था रहेको छ । हाल गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानहरूमा तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज (मंगलबार) दिउँसो देशका पहाडी भूभागहरूमा सामान्य बदली रहनेछ भने अन्य स्थानहरूमा आंशिक बदली रहने अनुमान गरिएको छ । कोशी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी क्षेत्रका केही स्थानहरू र तराईका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि पहाडी भूभागहरूमा सामान्य बदली र बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागहरू तथा अन्य केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा सम्भावित मध्यम वर्षालाई ध्यानमा राखी मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १०, मंगलवार ००:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP