मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

शिक्षक महासंघ फेरि आन्दोलनमा : ध्यानाकर्षण पत्र बुझाउँदै सुरु

2.3K
SHARES
शिक्षक महासंघ फेरि आन्दोलनमा : ध्यानाकर्षण पत्र बुझाउँदै सुरु

काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारविरुद्धको आन्दोलनको पहिलो चरण आजदेखि सुरु गरेको छ । कार्यक्रमअनुसार महासंघले प्रधानमन्त्री, शिक्षामन्त्री तथा प्रमुख राजनीतिक दलका सचेतकलाई ध्यानाकर्षण पत्र बुझाएर आफ्नो असन्तोष औपचारिक रूपमा प्रकट गरेको छ ।

महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीका अनुसार प्रतिनिधिसभामा भदौ ६ गते पेस गरिएको विद्यालय शिक्षा सम्बन्धी विधेयकले शिक्षकको सेवा, सुविधा, स्थायित्व र अधिकारलाई कमजोर बनाउने प्रावधान समेटेको छ । उनले गत वैशाखमा एक महिनासम्म चलेको आन्दोलनपछि सरकारसँग भएको ९ बुँदे सहमति विधेयकमा प्रतिबिम्बित नभएकै कारण फेरि आन्दोलन सुरु गर्नुपरेको बताए ।

पुराना सहमति कार्यान्वयनको माग
महासंघले २०७५, २०७८, २०८० र २०८१/८२ मा सरकारसँग भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने माग दोहोर्याएको छ । विशेषगरी अस्थायी शिक्षकका लागि ७५५ आन्तरिक र २५५ खुला पदपूर्ति (हालको ६०५–४०५ को सट्टा) सुनिश्चित गर्नुपर्ने, आवधिक बढुवा सहज बनाउनुपर्ने, साथै म्याद सकिएका अध्यापन अनुमति पत्रको नवीकरण तत्काल सुरु गर्नुपर्ने महासंघको माग छ ।

अन्य माग र असन्तोष
विद्यालयका कर्मचारीको तलब–पद व्यवस्थापन, बालकक्षा शिक्षकको सेवा सुनिश्चितता, संस्थागत विद्यालयमा कार्यरत शिक्षकको सुरक्षा, द्वन्द्वपीडित शिक्षकलाई राहत/उपदान उपलब्ध गराउनुपर्ने र शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरण नगर्नुपर्ने माग पनि महासंघले अघि सारेको छ ।

आन्दोलन अझै चर्किन सक्ने संकेत
महासंघले ध्यानाकर्षण पत्र बुझाउँदै पहिलो चरणको आन्दोलन सुरु गरेपनि माग पूरा नभए थप सशक्त आन्दोलनमा जाने चेतावनी दिएको छ । संघका नेताहरूका अनुसार सरकारले सहमति कार्यान्वयन नगरेसम्म आन्दोलन रोकिँदैन ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ९, सोमबार ०७:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP