मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग :परराष्ट्र मन्त्रालय

1.1K
SHARES
लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग :परराष्ट्र मन्त्रालय

काठमाडौं । नेपाल सरकारको परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अविभाज्य भूभाग रहेको स्पष्ट गरेको छ ।

मन्त्रालयले बुधबार जारी गरिएको विज्ञप्तिमा मन्त्रालयले नेपालको संविधानमा समावेश आधिकारिक नक्साले महाकाली नदीको पूर्वतर्फ पर्ने लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई नेपालको भूमि भनेर स्पष्ट पारिसकेको उल्लेख छ । मन्त्रालयले यस विषयमा सरकार अडिग रहेको पनि दोहोर्‍याएको छ ।

मन्त्रालयले भारतलाई सो क्षेत्रमा सडक विस्तार, सीमा व्यापारलगायत कुनै गतिविधि नगर्न बारम्बार आग्रह गरिएको तथ्य स्मरण गराएको छ । साथै विवादित क्षेत्र नेपालको भूभाग भएको जानकारी मित्रराष्ट्र चीनलाई समेत गराइसकिएको मन्त्रालयले जनाएको छ ।

नेपाल–भारतबीचको सम्बन्ध ऐतिहासिकरूपमा घनिष्ठ र मैत्रीपूर्ण रहेको उल्लेख गर्दै मन्त्रालयले सीमा विवादलाई शान्तिपूर्ण र कूटनीतिक माध्यममार्फत समाधान गर्ने प्रतिबद्धता प्रकट गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ५, बिहीबार ०७:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP