मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नागढुङ्गाबाट हुने आवतजावतको सास्ती हट्दैछः प्रधानमन्त्री ओली

2.4K
SHARES
नागढुङ्गाबाट हुने आवतजावतको सास्ती हट्दैछः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुङ्गाबाट यात्रा गर्दा भोग्नुपरेको सास्ती अब धेरै नटिक्ने दाबी गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत उनले नौबिसे–नागढुङ्गा सुरुङमार्गको निर्माण कार्य ९३ प्रतिशत सकिएको जानकारी दिँदै अब छिट्टै सञ्चालनमा ल्याइने बताएका हुन् । सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गा हुँदै आवतजावत गर्दा परिरहेको कष्टको अन्त्य हुने विश्वास प्रधानमन्त्री ओलीले व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । यसलाई शीघ्र सञ्चालनमा ल्याइएपछि नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कठिनाइ हट्नेछ ।’

साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले सुरुङ छिर्दा तिर्नुपर्ने दस्तुरसमेत स्वीकृत गरिसकेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १, आईतवार ०४:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP