मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्री ओलीको चीन यात्रा तय, सी जिनपिङ र मोदीसँग त्रिपक्षीय भेट सम्भावना

2.1K
SHARES
प्रधानमन्त्री ओलीको चीन यात्रा तय, सी जिनपिङ र मोदीसँग त्रिपक्षीय भेट सम्भावना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भदौको दोस्रो सातामा चीन प्रस्थान गर्ने भएका छन् । उनले सांघाइमा आयोजना हुने विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा सरकारप्रमुखहरूको उच्चस्तरीय शिखर सम्मेलनमा भाग लिनेछन् ।

उक्त सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि उपस्थित रहने भएकाले, ओलीसँग उनीहरूको भेटवार्ता हुने सम्भावना प्रबल बनेको छ ।

अगस्ट ३१ र सेप्टेम्बर १ मा तियानजिन शहरमा हुने यो सम्मेलनपछि प्रधानमन्त्री ओलीले भारतको औपचारिक भ्रमण गर्ने तयारीसमेत भएको सरकारी स्रोतले जनाएको छ ।

यसअघि, राष्ट्रपतिको स्तरबाट सहभागिताको विषयमा छलफल भए पनि अन्ततः राष्ट्रपति रामचन्द्र पौडेल नजाने भएपछि प्रधानमन्त्रीलाई प्रतिनिधित्व गर्ने जिम्मा दिइएको हो ।

गत वर्ष प्रधानमन्त्री पद सम्हालेपछि ओलीको पहिलो विदेश यात्रा चीनमै भएको थियो । करिब एक वर्षमै हुने यो दोस्रो चीन भ्रमणलाई, विश्व राजनीति दुई ध्रुवमा बँडिँदै गएको सन्दर्भमा, विशेष महत्वका साथ हेरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २९, बिहीबार ०५:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP