मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भारतले नेपालबाट २०० मेगावाट थप विद्युत् आयात गर्ने

2.5K
SHARES
भारतले नेपालबाट २०० मेगावाट थप विद्युत् आयात गर्ने

काठमाडौं । भारतले नेपालबाट विद्युत् आयातको मात्रा थप २०० मेगावाटले बढाउने अनुमति दिएको छ । यसअघि ८१०.९ मेगावाट विद्युत् आयातको स्वीकृति पाएको नेपाल अब कुल १०११ मेगावाट विद्युत् भारत पठाउन सक्ने भएको हो ।

नेपाल विद्युत प्राधिकरणका अनुसार, नयाँ स्वीकृत विद्युत् आपूर्ति ३१ अक्टोबर २०८२ सम्म रहनेछ । यसका लागि लिखु–२, लिखु खोला ए, लोअर सोलु, ठुलो खोला र सुपर काबेली खोलामा निर्मित जलविद्युत् आयोजनाबाट उत्पादन हुने बिजुली प्रयोग हुनेछ ।

नेपालले अहिले बंगलादेशलाई पनि ४० मेगावाट विद्युत् पठाइरहेको छ । यससँगै नेपालका लागि अनुमोदित विद्युत् निर्यात क्षमता १०५०.९ मेगावाट पुगेको छ ।

गत आर्थिक वर्षमा भारतलाई मात्र विद्युत् बिक्रीबाट नेपालले १७ अर्ब ४७ करोड रुपैयाँ आम्दानी गरेको थियो । प्राधिकरणका अनुसार, यस वर्ष थप स्वीकृतिले विद्युत् निर्यात आम्दानी झन्डै दोब्बर हुने अपेक्षा गरिएको छ ।

विशेषज्ञहरूका भनाइमा, यस कदमले नेपालको जलविद्युत् उत्पादन र निर्यात क्षमतामा वृद्धि गर्दै मुलुकको आर्थिक लाभमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २७, मंगलवार ०८:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP