मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवबीच समसामयिक राजनीतिक छलफल

2.5K
SHARES
नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवबीच समसामयिक राजनीतिक छलफल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवबीच सोमबार भेटवार्ता सम्पन्न भएको छ । दुई नेताबीचको भेट श्रेष्ठको हात्तीवनस्थित निवासमा भएको हो ।

श्रेष्ठको सचिवालयका अनुसार, नेताद्वयले देशको हालको राजनीतिक अवस्था, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, र समाजवादउन्मुख समावेशी लोकतन्त्र निर्माणका लागि आवश्यक कदमबारे विस्तृत कुराकानी गरे । साथै, विगतमा हासिल भएका लोकतान्त्रिक उपलब्धिहरूको रक्षा र समृद्ध नेपालमार्फत समाजवादतर्फको यात्रा अघि बढाउने विषयमा पनि विचार–विमर्श भएको बताइएको छ ।

हालका दिनमा माओवादी नेता श्रेष्ठले विभिन्न दलका शीर्ष नेताहरूसँग राजनीतिक संवाद बढाउँदै आएका छन् । यो भेटवार्तालाई पनि त्यसैको निरन्तरता मानिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २६, सोमबार ०६:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP