मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपालमा ‘अन्डरवर्ल्ड डन’ दाउद इब्राहिमका सहयोगी पक्राउ

2.8K
SHARES
नेपालमा ‘अन्डरवर्ल्ड डन’ दाउद इब्राहिमका सहयोगी पक्राउ

काठमाडौं । अन्तर्राष्ट्रिय अपराधी सूचीमा रहेका दाउद इब्राहिमका एक नजिकका सहयोगी नेपालमा पक्राउ परेका छन् । पाँच दिनअघि राजधानी काठमाडौंबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

भारतमा ‘मोस्ट वान्टेड’ को सूचीमा पर्ने शेख सलीम, जसलाई सलीम पिस्टल नामले चिनिन्छ, लामो समयदेखि आपराधिक गिरोहहरूलाई हतियार आपूर्ति गर्दै आएको बताइन्छ । उनी पहिचान लुकाएर काठमाडौंमा बस्दै आएका थिए ।

भारतीय प्रहरीले दिएको सूचनाको आधारमा नेपाल प्रहरीले निगरानी गर्दै पक्राउ अभियान चलाएको हो । नियन्त्रणमा लिएपछि उनलाई औपचारिक प्रक्रिया पूरा गरी भारतीय प्रहरीसमक्ष बुझाइएको बताइएको छ ।

दुई मुलुकबीचको आपसी समन्वयका कारण यस्ता संयुक्त कारबाही समय–समयमा हुने गरेका प्रहरी स्रोतले जनाएका छन् । भारतीय सञ्चारमाध्यमहरूले पनि सलीम भारतमा संलग्न विभिन्न अपराधका अभियोगसहित नेपालमा पक्राउ परेको पुष्टि गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २५, आईतवार ०४:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP