मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

इन्दिरा घिमिरे बनिन् मिसेस ग्लोबल नेपाल २०२५

1.4K
SHARES
इन्दिरा घिमिरे बनिन् मिसेस ग्लोबल नेपाल २०२५

काठमाडौं । यस वर्षको मिसेस ग्लोबल नेपाल २०२५ को उपाधि इन्दिरा घिमिरेले जितेकी छन् । बिहीबार राजधानीस्थित ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा निर्णायकको प्रश्नमा सटिक उत्तर दिँदै उनले ताज हात पारिन् ।

उपाधिसँगै घिमिरेले एनएफईए लण्डन २०२६ मा सहभागिताको इन्ट्री प्याकेज पनि प्राप्त गरेकी छन् ।

प्रतियोगितामा सन्ध्या नेपाल फर्स्ट रनरअप र सृजना घिमिरे शिवाकोटी सेकेन्ड रनरअप घोषित भए । हिमालयन मुभिजको आयोजनामा सम्पन्न यो प्रतियोगिता मिसेस ग्लोबल श्रृंखलाको आठौँ संस्करण थियो ।

एक दर्जन प्रतिस्पर्धी सहभागी उक्त कार्यक्रममा परिचय, भेषभूषा प्रदर्शन, प्रश्नोत्तर र क्राउनिङ चरण पार गर्दै उत्कृष्ट तीनले उपाधि जिते ।

तीन हप्तासम्म चलेको प्रशिक्षणको नेतृत्व चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाले गरेकी थिइन् । प्रशिक्षण अवधिमा सहभागीहरूलाई व्यक्तित्व विकास, बोलीचाली, स्टेज प्रस्तुति, फोटोसुट, क्याटवाक, वौद्धिक अभिवृद्धि, सामाजिक उत्तरदायित्व लगायतका विषयमा सशक्त प्रशिक्षण दिइएको थियो ।

प्रतियोगितामा विभिन्न विधामा उपाधि जित्नेहरूः

  • मोस्ट एट्राक्टिभ — इन्दिरा घिमिरे
  • मोस्ट डाइनामिक — आशा घर्ती क्षेत्री
  • मोस्ट स्मार्ट — लक्ष्मी खड्का राई
  • मोस्ट चार्मिङ — कल्याणी देवी थापा
  • मोस्ट कन्फिडेन्ट — सृजना घिमिरे शिवाकोटी
  • मोस्ट प्यासोनेट — दिया बर्देबा
  • मोस्ट एक्टिभ — रीता चौधरी
  • मोस्ट डिसेन्ट — उमाकुमारी तामाङ
  • बेस्ट पर्सनालिटी — मिना श्रेष्ठ
  • बेस्ट ट्यालेन्ट — सन्ध्या नेपाल
  • बेस्ट फोटोजेनिक — तारा तण्डुकार
  • मोस्ट डिलाइटफुल — कविता अधिकारी
  • मोस्ट डिलिजेन्ट — बिमला अधिकारी
  • मोस्ट डेडिकेटेड — मञ्जु राई
  • मोस्ट पपुलर — तारा तण्डुकार
  • पब्लिक च्वाइस भिडियो — रीता चौधरी
  • बेस्ट मल्टिमिडिया — सन्ध्या नेपाल
  • बेस्ट ड्रेस — रीता चौधरी

कार्यक्रमको निर्णायक मण्डलमा अभिनेता तथा इभेन्टकर्मी एसराज गराच, नायक एवं निर्देशक मनिष राउत, क्यापिटल क्विन नेपाल २०२५ तथा फेसन डिजाइनर करुणा भुजेल, मिसेस मंगोल नेपाल २०२३ सरिता गुरुङ र कस्मेटोलोजिस्ट युनिषा शाही सहभागी थिए ।

विवाहित महिलाहरूको प्रतिभा, आत्मविश्वास र नेतृत्व क्षमतालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको यो प्रतियोगिता महिलाहरूका लागि प्रेरणाको स्रोत बनेको आयोजकको भनाइ छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २३, शुक्रबार ०७:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP