मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एलिनाको गीत ‘कट्टा हान्दिन्छु’लाई चोरी आरोप

1.9K
SHARES
एलिनाको गीत ‘कट्टा हान्दिन्छु’लाई चोरी आरोप

काठमाडाैं । यतिखेर एलिना चौहानको गाएको गीत ‘कट्टा हान्दिन्छु’ चर्चामा छ । चर्चाबीच यस गीतमाथि चोरीको आरोप लागेको छ । गायक विश्वराम कार्कीले उक्त गीत आफ्नो गीत ‘कट्टा हानिदिन्छु’ बाट हुबहु चोरिएको बताएका हुन् ।

आफूले उक्त गीत झण्डै एकवर्षअघि रेकर्ड गराएर अडिओको रुपमा सार्वजनिक गरेको खुलासा गरे । ‘मैले यो गीत एकवर्षअघि नै रेकर्ड गराएको थिएँ । अडियो पहिल्यै आएपनि भिडियो बनाउन ढिलो भएको हो । तर, भिडियो ढिलो आयो भन्दैमा यसरी चोर्न मिल्दैन । गीतको शब्ददेखि लय पनि एउटै छ,’ उनले भने । 

तर, कार्कीले गीतको भिडिओ युट्युबमा केहीअगाडि मात्रै सार्वजनिक गरेका हुन् । भिडिओ हिसाबले यो गीत एलिनाभन्दा पछि आएको देखिन्छ । जसकारण आफूलाई उल्टै आफूलाई गीत चोरेको भन्दै कमेन्ट आइरहेको उनी सुनाउँछन् । भन्छन्, ‘युट्युबमा मेरो गीतको भिडियो ढिलो आयो त्यो म मान्छु। तर, अहिले म माथि नै पो चोरीको आरोप लागिरहेको छ। युट्युवभरि गीत चोरेको भन्दै कमेन्ट आइरहेको छ ।’

उनले यो विषय समाधान नभएको खण्डमा कानुनी दायरामा समेत जाने सुनाए । एलिनाको स्वर रहेको ‘कट्टा हान्दिन्छु’ गीतको भिडिओ ओबी रायमाझी युट्युब अकाउन्टमार्फत सार्वजनिक भएको हो। यस गीतमा रायमाझी मोडलसमेत हुन् । त्यस गीतसँग संयोगले मिलेपनि आफूरहरुले गीत नचोरेको रायमाझी सुनाउँछन् ।

उनी भन्छन्, ‘केही शब्द मिलेको होला। तर, गीत चोरेको भन्न मिल्दैन । त्यो गीत र हाम्रो गीतको प्याटननै फरक छ। नेत्र अर्याल हिट गीत दिइसकेका गीतकार हुन् । उहाँलाई अरुको गीत चोर्नुपर्ने आवश्यकता नै छैन । त्यहीपनि उहाँले यो गीत तीन/चार वर्षअघि नै लेख्नुभएको थियो ।’



अगुल्टो समाचारदाता   
  • २०८० माघ २२, सोमबार ०८:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP