मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

‘कुलिङ अफ पिरियड’ विवादः छानबिन समितिको प्रतिवेदन सभामुखलाई बुझाइयो

2.2K
SHARES
‘कुलिङ अफ पिरियड’ विवादः छानबिन समितिको प्रतिवेदन सभामुखलाई बुझाइयो

काठमाडौं । संघीय निजामती सेवा विधेयकको दफा ८२ मा उल्लेख गरिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको छेडछाडबारे छानबिन गर्न गठित विशेष संसदीय समितिले आफ्नो प्रतिवेदन सभामुख देवराज घिमिरेलाई बुझाएको छ ।

मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा आयोजित कार्यक्रममा समितिका सभापति जीवन परियारले प्रतिवेदन सभामुख घिमिरेलाई हस्तान्तरण गरे ।

संघीय संसद् सचिवालयले उक्त प्रतिवेदन आजैको प्रतिनिधिसभा बैठकमा पेश गरिने कार्यसूची सार्वजनिक गरिसकेको छ ।

नेपाली कांग्रेसका सांसद परियार नेतृत्वको समितिले सो विधेयकमा गरिएको हेरफेरका विषयमा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा र समिति सचिव सुरजकुमार दुरा नैतिक रूपमा जिम्मेवार रहेको ठहर गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २०, मंगलवार ०७:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP