मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंमा बसोबास गरिरहेका खिजीदेम्वाबासीका लागि तीन दिने एकीकृत सेवा शिविर सञ्चालन हुने

1.9K
SHARES
काठमाडौंमा बसोबास गरिरहेका खिजीदेम्वाबासीका लागि तीन दिने एकीकृत सेवा शिविर सञ्चालन हुने

काठमाडौं । काठमाडौं उपत्यकामा बसोबास गरिरहेका ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका क्षेत्रका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर सञ्चालन गरिने भएको छ । गाउँपालिकाको साउन १६ गते बसेको गाउँ कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो ।

गाउँपालिकाबाट वडास्तरमा प्रवाह हुने विभिन्न सेवा सर्वसुलभ रुपमा उपत्यकामा नै उपलब्ध गराउन शिविर सञ्चालन गरिने भएको हो । यसले काठमाडौंमा रहेका खिजीदेम्वाबासीलाई सेवा लिन गाउँ फर्किनुपर्ने बाध्यता हट्ने जनाइएको छ ।

शिविर आगामी साउन २४, २५ र २६ गते विहान १० बजेदेखि शेर्पा पार्टी प्यालेस, चामुण्डा गेट, जोरपाटीमा सञ्चालन हुनेछ ।

शिविरमा व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्ध विच्छेद), सामाजिक सुरक्षा भत्ता सम्बन्धी सेवा दर्ता तथा नवीकरण, भूमि कर तथा मालपोत संकलन र वडा कार्यालयबाट प्रदान गरिने सबै प्रकारका सिफारिस पत्र सेवा उपलब्ध हुने छन ।

प्रमुख प्रशासकीय अधिकृत गौरवराज केसीद्वारा हस्ताक्षरित सूचनामा काठमाडौंमा रहेका खिजीदेम्वाबासी नागरिकलाई समयमै शिविरको जानकारी लिई आवश्यक कागजातसहित उपस्थित हुन गाउँपालिकाले अनुरोध गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १७, शनिबार ०५:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP