मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित

3.9K
SHARES
बागमती कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित

काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेसको संसदीय दलको नेतृत्व इन्द्र बानियाँले सम्हाल्ने भएका छन् । बुधबार सम्पन्न मतदानमा उनले २२ मत ल्याउँदै दलको नेतामा विजयी भएका हुन् ।

वर्तमान मुख्यमन्त्री बहादुरसिंह लामालाई १४ मत प्राप्त भयो । कांग्रेसका कुल ३७ प्रदेशसभा सदस्यमध्ये ३६ मत मान्य ठहरिएका थिए भने १ मत बदर भएको थियो ।

यसअघि ९ र १३ साउनमा गरी कांग्रेसका पाँच जना मन्त्रीले लामाविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्दै राजीनामा दिएका थिए । त्यसयता नेतृत्व परिवर्तनको दबाब चुलिएको थियो ।

बानियाँ कांग्रेसको बागमती प्रदेश सभापति समेत हुन् । अब संसदीय दलको नेता चयन भएसँगै उनी मुख्यमन्त्री बन्ने सम्भावना प्रबल देखिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १४, बुधबार ११:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP