मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश सरकारमा संकटः मन्त्री श्याम बहादुर खड्काको राजीनामा

3.3K
SHARES
बागमती प्रदेश सरकारमा संकटः मन्त्री श्याम बहादुर खड्काको राजीनामा

हेटौँडा । बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्याम बहादुर खड्काले मंगलबार पदबाट राजीनामा दिएका छन् । उनले मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामासमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

खड्काको राजीनामा कांग्रेसभित्र बढ्दो असन्तुष्टि र शक्ति सन्तुलनको संघर्षबीच आएको हो । संसदीय दलमा नेता लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि मत विभाजनको तयारी भइरहेका बेला उनले मन्त्री पद त्याग गरेका हुन् ।

राजीनामा दिएपछि खड्काले आफू अब सांसद इन्द्रबहादुर बानियाँको पक्षमा उभिएको स्पष्ट पारे । यद्यपि, उनले अविश्वास प्रस्तावमा हस्ताक्षर भने गरेका थिएनन् । उल्लेखनीय छ, २०७९ पुसमा दलको नेताका लागि भएको निर्वाचनमा उनले लामालाई समर्थन गरेका थिए ।

यससँगै, पछिल्ला दिनमा राजीनामा दिने कांग्रेसका मन्त्रीको संख्या ५ पुगेको छ । यसअघि गत शुक्रबार सहकारी मन्त्री मदुकुमार श्रेष्ठ, पर्यटन मन्त्री विमल ठकुरी, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले पनि पद त्याग गरेका थिए ।

राजीनामा दिएका सबै मन्त्रीहरूले बानियाँलाई समर्थन जनाइसकेका छन् । नेपाली कांग्रेसका बागमती प्रदेशमा ३७ सांसद छन् र बानियाँलाई दलको नेतृत्व गराउने तयारी तीव्र छ । अहिलेको घटनाक्रमले प्रदेश सरकारभित्र शक्ति सन्तुलन फेरिने सम्भावना बढेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १३, मंगलवार ०५:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP