मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्पेनलाई हराउँदै इंग्ल्यान्डले रच्यो इतिहास, बन्यो युरोपेली च्याम्पियन

2.6K
SHARES
स्पेनलाई हराउँदै इंग्ल्यान्डले रच्यो इतिहास, बन्यो युरोपेली च्याम्पियन

स्वीजरल्यान्ड । ड्रामा, पुनरागमन र ऐतिहासिक जित— महिला युरो कप २०२५ को उपाधि अन्ततः इंग्ल्यान्डले आफ्नो पोल्टामा पार्न सफल भएको छ ।आइतबार राति स्वीजरल्यान्डमा सम्पन्न भएको रोमाञ्चक फाइनल खेलमा इंग्ल्यान्डले स्पेनलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै युरोपेली फुटबलमा आफ्नो दबदबा कायम राखेको हो ।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि निर्णयका लागि खेल पेनाल्टीमा धकेलिएको थियो। त्यसमा इंग्ल्यान्डकी गोलरक्षक हनाह हाप्टन नायिका सावित भइन् । उनले स्पेनका दुई प्रहारहरू शानदार ढंगले बचाइन् भने अर्को एक प्रहार पोस्ट बाहिर गएको थियो । इंग्ल्यान्डतर्फबाट अन्तिम निर्णायक पेनाल्टी चोल केलीले प्रहार गर्दै टिमलाई विजयी बनाइन् ।

स्पेनले लियो अग्रता, तर टिकाउन सकेन
खेलको सुरुवातदेखि नै आक्रामक देखिएको स्पेनले २५औँ मिनेटमा मारियो काल्डेन्टेलीको गोलमार्फत अग्रता बनाएको थियो । तर, त्यो खुशी धेरैबेर टिक्न सकेन । दोस्रो हाफको ५७औँ मिनेटमा केलीले बराबरी गोल गर्दै इंग्ल्यान्डलाई पुनः खेलमा फर्काइन् ।

त्यसपछि दुवै पक्षबाट केही राम्रो प्रयास भए पनि निर्णायक गोल आउन सकेन । तीव्र गति, सशक्त पासिङ र बलदबदाबीबीच खेल अतिरिक्त समयमा प्रवेश गर्‍यो तर त्यहाँ पनि निर्णायक क्षण सिर्जना हुन सकेन ।

इतिहास रच्ने प्रशिक्षक, अपराजित यात्रा
यो उपाधि इंग्ल्यान्डका लागि मात्र होइन, प्रशिक्षक सरिना विगम्यानका लागि पनि विशेष रह्यो । उनले लगातार तीन युरोपेली उपाधि जित्दै आफूलाई ‘महान् प्रशिक्षक’को सूचीमा उभ्याएकी छन् । अझ रोचक त के भने— उनले दुई फरक मुलुक (नेदरल्याण्ड्स र इंग्ल्यान्ड) लाई युरो जिताइसकेकी छिन् ।

यसै प्रतियोगितामा इंग्ल्यान्ड ‘कमब्याक क्विन’ सावित भएको छ । युरो २०२५ को सबै नकआउट खेलमा इंग्ल्यान्डले विपक्षीसँग पहिला गोल खाएर पनि अन्ततः जित निकालेको हो ।

विदेशी भूमिमा पहिलो उपाधि
इंग्ल्यान्डले यसअघि घरेलु मैदानमा युरो उपाधि जितेको थियो । तर, यो उपाधि विदेशमा जित्नु उनीहरूका लागि थप गौरवको क्षण बन्यो । विदेशी भूमिमा पहिलो पटक युरोपेली उपाधि जितेर इंग्ल्यान्डले आफ्नो फुटबल इतिहासमा नयाँ पृष्ठ थपेको छ । (एजेन्सी)



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १२, सोमबार ०४:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP