मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ज्येष्ठ नागरिकका मागबारे प्रचण्डको प्रतिबद्धताः “सक्दो पहल गर्छौं”

2.6K
SHARES
ज्येष्ठ नागरिकका मागबारे प्रचण्डको प्रतिबद्धताः “सक्दो पहल गर्छौं”

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ नागरिकका समस्याहरू सम्बोधन गर्न आफ्नो पूर्ण सहयोग रहने स्पष्ट पारेका छन् ।

खुमलटारस्थित आफ्नै निवासमा बिहीबार ज्येष्ठ राष्ट्रिय नागरिक महासंघका पदाधिकारीहरूसँगको भेटमा उनले सो प्रतिबद्धता जनाएका हुन् ।

भेटका क्रममा महासंघले यातायातमा छुट, नागरिकता नपाएका ज्येष्ठ नागरिकहरूको पहिचान तथा व्यवस्थापन, वृद्धभत्ता वितरण प्रणाली सुधार, आर्थिक वर्गीकरणका आधारमा भत्ता दिने व्यवस्था, र राष्ट्रिय सभामा ज्येष्ठ नागरिकहरूको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग राख्यो ।

महासंघले देशभर झण्डै २५ सय नागरिकताविहीन ज्येष्ठ नागरिक रहेको जानकारी दिँदै उनीहरू राज्यका सेवाबाट वञ्चित भएकोमा चिन्ता व्यक्त गर्‍यो । यस समस्याको समाधानको नेतृत्व लिन प्रचण्डलाई आग्रहसमेत गरिएको थियो ।

सुनिएको मागप्रति गम्भीर प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले भने, “तपाईंहरूको आवाज न्यायोचित छ । म व्यक्तिगत रूपमा र हाम्रो पार्टी संस्थागत रूपमा सक्दो पहल गर्नेछौं ।”

उनले माओवादी केन्द्रले ज्येष्ठ नागरिकप्रतिको दायित्वलाई प्राथमिकतामा राखेर आवश्यक कदम चाल्ने आश्वासनसमेत दिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ८, बिहीबार ०८:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP