मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अबदेखि प्रहरीद्वारा आरोपितको तस्बिर सार्वजनिक नहुने

2.1K
SHARES
अबदेखि प्रहरीद्वारा आरोपितको तस्बिर सार्वजनिक नहुने

काठमाडौं । नेपाल प्रहरीले अबदेखि आरोपित व्यक्तिहरूको तस्बिर सार्वजनिक नगर्ने नीति लागू गरेको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालले मातहतका सम्पूर्ण कार्यालयलाई परिपत्र पठाउँदै अब आरोपितको तस्बिर सार्वजनिक नगर्न निर्देशन दिएको हो ।

प्रवक्ता तथा डिआइजी विनोद घिमिरेले उक्त निर्देशन सबै प्रहरी कार्यालयमा पुगिसकेको जानकारी दिएका छन् ।

‘आरोपितको तस्बिर सार्वजनिक गर्दा मानव अधिकार उल्लङ्घन हुने सम्भावना भएकाले यस्तो निर्णय गरिएको हो,’ डिआइजी घिमिरेले स्पष्ट पारे ।

उनका अनुसार केही समयअघि महान्यायाधिवक्ता कार्यालयमा बसेको समन्वय बैठकमा प्रहरी महानिरीक्षक (आईजिपी) दीपक थापाले आरोपितको तस्बिर नछाप्ने विषयमा सहमति जनाएका थिए ।

‘बैठकमा प्रहरी संगठनकै प्रमुखले सहमति जनाएपछि औपचारिक निर्णय लिइएको हो,’ घिमिरेले बताए ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ८, बिहीबार ०५:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP