मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गाजामा हिंसा रोक्न २७ मुलुकको आग्रह, इजरायली कदमप्रति गम्भीर चिन्ता

2.2K
SHARES
गाजामा हिंसा रोक्न २७ मुलुकको आग्रह, इजरायली कदमप्रति गम्भीर चिन्ता

लण्डन । गाजामा जारी इजरायली सैन्य कारबाहीप्रति विश्वभरका मुलुकहरूको चिन्ता गहिरिँदै गएको छ । बेलायतसहित २७ देशले संयुक्त विज्ञप्ति जारी गर्दै तत्काल युद्ध अन्त्य गर्न आह्वान गरेका छन् ।

सार्वजनिक विज्ञप्तिमा मानवीय सहायता अवरुद्ध पारिएको, नागरिक हत्या र आधारभूत सेवा अभावको गम्भीर अवस्थाबारे उल्लेख गरिएको छ । इजरायलले राहत वितरणमा अवरोध पुर्‍याएको र नागरिकलाई लक्षित गर्दै आक्रमण गरेको आरोप लगाउँदै ती देशहरूले आपत्ति जनाएका छन् ।

हमास नियन्त्रित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो सातादेखि भएका आक्रमणमा १०९ जना मारिएका छन् भने कुपोषणका कारण कम्तीमा १९ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयले इजरायलमाथि युद्ध विराम गर्न नचाहेको, झूटा प्रचार गर्ने र नागरिक लक्षित आक्रमण बढाएको आरोपसमेत लगाएको छ ।

विज्ञप्तिमा बेलायत, अस्ट्रेलिया, क्यानडा, फ्रान्स, इटाली, जापान, न्युजिल्यान्ड र स्वीजरल्यान्डजस्ता राष्ट्रको सहभागिता रहेको छ । उनीहरूले राहतको प्रतीक्षामा रहेका गाजाका बासिन्दामध्ये एकैपटक आठ सयभन्दा बढीको ज्यान गएको घटनालाई अत्यन्त दुःखद भन्दै युद्धको रणनीति पुनर्विचार गर्न आग्रह गरेका छन् ।

यी देशहरूले पानी, खाना र स्वास्थ्य सुविधाको चरम अभाव गाजामा देखिएको भन्दै इजरायललाई अन्तर्राष्ट्रिय मानवीय कानुनको सम्मान गर्न चेतावनी दिएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ६, मंगलवार ०५:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP