मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

तेलुगु हास्य अभिनेता फिश वेङ्कटको ५३ वर्षको उमेरमा निधन

2.4K
SHARES
तेलुगु हास्य अभिनेता फिश वेङ्कटको ५३ वर्षको उमेरमा निधन

काठमाडौं । तेलुगु फिल्म क्षेत्रमा लामो समयदेखि सक्रिय हास्य अभिनेता फिश वेङ्कटको निधन भएको छ । वास्तविक नाम वेङ्कट राज रहेका उनको शुक्रबार हैदराबादको एक निजी अस्पतालमा ५३ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो ।

उनी मिर्गौलासम्बन्धी जटिल रोगबाट पीडित थिए र पछिल्लो केही समयदेखि स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो । भेन्टिलेटरमा राखेर डायलसिस गरिए पनि सुधार नआएपछि उनको मृत्यु भएको चिकित्सकहरूले जनाएका छन् ।

चिकित्सकका अनुसार वेङ्कटको ज्यान बचाउन किड्नी ट्रान्सप्लान्ट अत्यावश्यक थियो । अनुमानित ५० लाख रुपैयाँ खर्च लाग्ने उक्त शल्यक्रियाका लागि परिवारले सहयोग संकलन अभियान थालेको थियो । उनकी छोरी श्रावन्तीमार्फत गरिएको आर्थिक सहयोगको आग्रहपछि केही मिडियामा अभिनेता प्रभासले सहयोग गरेको खबर आएको थियो, तर परिवारले ती खबरहरू झूटा भएको भन्दै खण्डन गरेको थियो ।

यद्यपि अभिनेता पवन कल्याणले दुई लाख रुपैयाँ, अभिनेता विश्वक सेन र तेलंगानाका एक मन्त्रीले आ–आफ्नो तर्फबाट आर्थिक सहयोग गरेका थिए । तर, मिर्गौला उपलब्ध नभएपछि समयमै उपचार हुन नसक्दा वेङ्कटको ज्यान जोगाउन सकिएन ।

फिल्मी करियरको सुरुवात स्वर्गीय निर्देशक दासारी नारायण रावद्वारा निर्देशित ‘सम्मक्का सरक्का’ फिल्मबाट गरेका वेङ्कटले १०० भन्दा बढी तेलुगु चलचित्रहरूमा अभिनय गरेका थिए । ‘खुशी’, ‘बन्नी’, ‘अधुरस’, ‘गब्बर सिंह’, ‘डिजे टिल्लु’, ‘स्लम डग हजबन्ड’, ‘कफी विथ अ किलर’ जस्ता चर्चित फिल्महरूमा उनले दर्शकलाई हसाँउदै आफ्नो छुट्टै पहिचान बनाएका थिए ।

उनको असामयिक निधनले तेलुगु फिल्म उद्योगमा शोकको लहर छाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ३, शनिबार ०६:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP