मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मेस्सीले नखेलेपछि समर्थक आक्रोशित, टिकटको पैसा फिर्ता गर्न नाराबाजी

1.9K
SHARES
मेस्सीले नखेलेपछि समर्थक आक्रोशित, टिकटको पैसा फिर्ता गर्न नाराबाजी

काठमाडौं । हाल एसिया भ्रमणमा रहेको अमेरिकी क्लब इन्टर मियामीले हङ्कङ–११ सँग खेलेको मैत्रीपूर्ण खेलका क्रममा अर्जेन्टिनी स्टार लियोनल मेस्सी मैदानमा नओर्लिएपछि रंगशालामा उपस्थित हजारौँ समर्थक आक्रोशित बनेका छन् ।

मेजर लिग सकर (एमएसएल) को नयाँ सिजन सुरु हुनुअघि मेस्सीसहितको इन्टर मियामी एसिया भ्रमणमा छ । मेजर लिग सकरको नयाँ सिजन फेब्रुअरी २१ तारिखमा सुरु हुँदैछ । ३६ वर्षीय मेस्सी ह्यामस्टिङ समस्याका कारण हङ्कङ–११ विरुद्धको मैत्रीपूर्ण खेलमा मैदानमा उपस्थित थिएनन् ।

मेस्सीले नखेलेपछि रंगशालामा उपस्थित करिब ४० हजार दर्शक आक्रोशित बनेका थिए । उनीहरुले आयोजक र इन्टर मियामीविरुद्ध नाराबाजी पनि गरेका थिए । कीर्तिमानी रुपमा आठ पटक बालन डी’ओरको उपाधि चुमिसकेका मेस्सी अर्जेन्टिनालाई विश्वकप जिताउने टोलीका कप्तान पनि हुन् ।

इन्टर मियामी र हङ्कङ–११ बिचमो मैत्रीपूर्ण खेलमा अन्तिम समयसम्म पनि मेस्सी बेन्चमै बसेपछि दर्शकहरुले नाराबाजी गरेका थिए । दर्शकहरु थोरै समय भए पनि मैदानमा ओर्लिएको देख्न चाहन्थे । उक्त खेलमा इन्टर मियामीले हङ्कङ–११ लाई ४–१ गोलले हराएको थियो ।

रंगशालामा उपस्थित दर्शकले मेस्सीलाई मैदानमा नदेखेपछि आफ्नो पैसा फिर्ता गर्नुपर्ने मागसहित नाराबाजी गरे । मेस्सीलाई हेर्नकै लागि हजारौँ समर्थकले ठूलो धनराशी खर्चिएर मैत्रीपूर्ण खेलको टिकट खरिद गरेका थिए ।

इन्टर मियामीका मालिकमध्येका एक डेभिड बेकह्यामले आफ्नो मन्तब्य राख्दा पनि दर्शकले नाराबाजी गरेका थिए । हङ्कङ सरकारले पनि मैत्रीपूर्ण खेलको आयोजक ट्याटलर एसियाले दर्शकको पैसा फिर्ता गर्नुपर्ने हुनसक्ने बताएको छ ।

‘मेस्सीले पनि प्रतियोगिता खेल्ने भनेर प्रचार गरिएको थियो । तर, मेस्सी मैदानमा नओर्लिएपछि दर्शकसँगै सरकारी प्रतिनिधिहरु पनि निराश भएका छन् । यस विषयमा कारवाही अगाडि बढाइने छ,’ सरकार मातहतको मेजर स्पोर्टस इभेन्ट कमिटी (एमएसईसी) द्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

एमएसईसीले उक्त कार्यक्रमका लागि आफूहरुले एक करोड ५० लाख हङ्कङ डलर र कार्यक्रम स्थलका लागि थप १० लाख हङ्कङ डलर अनुदान दिएको पनि जनाएको छ । ३८ हजार तीन सय २३ दर्शक क्षमताको रंगशाला खचाखच भरिएको थियो ।

आयोजकले एउटा टिकटको मूल्य भने एक हजार हङ्कङ डलर (करिब एक सय एक पाउण्ड) तोकेको थियो । उक्त खेलमा मेस्सीका अतिरिक्त उरुग्वेका प्रभावशाली खेलाडी लुइस स्वारेजमा पनि उपस्थित थिएनन् । स्वारेज गत डिसेम्बरमा इन्टर मियामीमा आबद्ध भएका हुन् । उनी घुँडाको चोटका कारण खेलमा उपस्थित नभएको बताइएको छ ।

हङ्कङका समर्थकहरु मेस्सीलाई हेर्न निकै आतुर थिए । मैत्रीपूर्ण खेलअघि इन्टर मियामीको अभ्यास सत्र राखिएको थियो । अभ्यासका क्रममा पनि मेस्सीलाई हेर्न हजारौंको सँख्यामा समर्थक ओइरिएका थिए । मेस्सीलाई हेर्न रंगशाला रहेको क्षेत्रमा दशौँ हजार फुटबल समर्थक सडकमा निस्किएका थिए ।

समर्थकको भिँड बढ्दै गएपछि प्रहरीले रंगशाला क्षेत्रको सडकमा सर्वसाधारणलाई प्रवेश गर्न रोक लगाएको थियो । मैत्रीपूर्ण खेलअघि भने मेस्सीसँगै इन्टर मियामीका अन्य खेलाडी र मालिक डेभिड बेकह्यामले समर्थकलाई अभिवादन गरेका थिए । हङ्कङ भ्रमणका क्रममा मेस्सीले त्यहाँका स–साना स्कुले बालबालिकासँग पनि केही समय बिताएका थिए । 



अगुल्टो समाचारदाता   
  • २०८० माघ २२, सोमबार ०८:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP