मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काम नगर्ने ११ निर्माण कम्पनीलाई स्पष्टीकरणको अन्तिम मौका, कालोसूचीको तयारीमा खरिद कार्यालय

3K
SHARES
काम नगर्ने ११ निर्माण कम्पनीलाई स्पष्टीकरणको अन्तिम मौका, कालोसूचीको तयारीमा खरिद कार्यालय

काठमाडौं । सम्झौता अनुसारको कार्य सम्पादन नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ निर्माण तथा आपूर्ति कम्पनीविरुद्ध कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । ती कम्पनीलाई ७ दिनभित्र लिखित रूपमा स्पष्टीकरण बुझाउन कार्यालयले अन्तिम अवसर दिएको हो ।

विभिन्न सरकारी निकायबाट प्राप्त सिफारिसका आधारमा उनीहरूलाई कारबाही प्रक्रिया अघि बढाइएको जनाइएको छ । यसअघि ३० दिनको म्यादसहित कारण देखाउन पत्राचार गरिए पनि कम्पनीहरू कार्यालय सम्पर्कमा नआएपछि बुधबार सार्वजनिक सूचना प्रकाशित गरिएको हो ।

कार्यालयका अनुसार सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ (४क) अनुसार उक्त प्रक्रिया अगाडि बढाइएको हो ।

तोकेको समयसीमाभित्र सन्तोषजनक जवाफ नआएमा ती कम्पनीहरूलाई कालोसूचीमा राखिनेछ । कालोसूचीमा परेपछि तिनीहरू तोकिएको समयसम्म कुनै पनि सरकारी खरिदमा सहभागी हुन अयोग्य ठहरिनेछन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार २०, शुक्रबार ०५:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP