मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेताहरूको अभिव्यक्तिप्रति राजनीतिक प्रतिवाद गर्छुः रामकुमारी झाँक्री

3.3K
SHARES
नेताहरूको अभिव्यक्तिप्रति राजनीतिक प्रतिवाद गर्छुः रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आफूविरुद्ध सार्वजनिक रूपमा व्यक्त गरिएका अभिव्यक्तिहरूप्रति राजनीतिक रूपमा प्रतिवाद गर्ने चेतावनी दिएकी छन् ।

पार्टीले आफूलाई स्पष्टीकरण सोधेको विषय निराधार भएको दाबी गर्दै बिहीबार झाँक्री पार्टी कार्यालय पुगिन् र सचिवालय बैठकमा आफ्नो भनाइ राख्न पाउनुपर्ने माग गर्दै औपचारिक निवेदन दर्ता गराइन् ।

‘म माथि उठाइएका प्रश्नबारे मैले बैठकमै स्पष्ट पार्ने इच्छा राखेकी छु,’ झाँक्रीले भनिन्, ‘तर सामाजिक सञ्जाल र मिडियामार्फत व्यक्त गरिएका नेताहरूका व्यक्तिगत टिप्पणीहरूलाई म चुप लागेर सहेर बस्न सक्दिन ।’

उनले पार्टीले जारी गरेको निर्देशनपछि आफूले कुनै सार्वजनिक टिप्पणी नगरेको स्मरण गराइन् । तर पार्टीका शीर्ष तहका नेताहरूले सार्वजनिक रूपमा लक्षित टिप्पणी गरेकोप्रति आपत्ति जनाउँदै अब चुप नबस्ने चेतावनी दिइन् ।

हाल स्थायी कमिटी बैठक बस्ने स्थिति नरहेकाले सचिवालय बैठकमै आफूलाई उपस्थित भई आफ्नो पक्ष राख्ने अवसर दिनुपर्ने माग गर्दै उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई सम्बोधन गर्दै पत्र बुझाएकी हुन् ।

झाँक्रीले असार १४ गते लुम्बिनी प्रदेशस्तरीय युवा कार्यक्रमका क्रममा पार्टी नेतृत्वमा समयमै परिवर्तन गर्नुपर्ने धारणा राखेकी थिइन् । उक्त अभिव्यक्तिलाई लिएर पार्टीभित्र आन्तरिक असमझदारी चुलिएको हो ।

उनले स्पष्ट रूपमा भनेकी छन्, ‘पार्टीप्रति मेरो प्रतिबद्धता कायम छ, तर व्यक्तिविशेषले दिएको अनावश्यक टिप्पणीको राजनीतिक जवाफ म अवश्य दिन्छु।’

झाँक्रीको पछिल्लो कदमले पार्टीभित्रको आन्तरिक बहस अझ चर्किन सक्ने संकेत देखिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार १९, बिहीबार ०७:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP