मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर ७५३ स्थानीय तहको बजेट सार्वजनिक हुँदै

2K
SHARES
देशभर ७५३ स्थानीय तहको बजेट सार्वजनिक हुँदै

काठमाडौं । देशभरिका सबै ७५३ स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आफ्नो बजेट मंगलबार सार्वजनिक गर्ने तयारी गरेका छन् ।

संविधानले स्थानीय तहहरूलाई असार १० गतेभित्र बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ । सोहीअनुसार अधिकांश गाउँपालिका, नगरपालिका र महानगरहरूले आ-आफ्नो गाउँ वा नगरसभामा राजस्व र खर्चको अनुमान पेस गर्दैछन् ।

केही स्थानीय तह, जस्तै भरतपुर महानगरपालिकाले भने निर्धारित मितिभन्दा अगावै बजेट सार्वजनिक गरिसकेका छन् ।

संविधानको व्यवस्था अनुसार, बजेट असार १० भित्र पेस गरिसक्नुपर्ने र असार मसान्तभित्र पारित हुनुपर्ने प्रावधान छ । यसले वित्तीय पारदर्शिता र योजना कार्यान्वयनलाई समयमै अघि बढाउने लक्ष्य लिएको छ ।

यसअघि संघीय सरकारले जेठ १५ मा र प्रदेश सरकारले असार १ गते आ-आफ्नो बजेट प्रस्तुत गरिसकेका छन् । मंगलबार नै संघीय सरकारले प्रतिनिधिसभाबाट आफ्नो बजेट पारित गर्ने तयारीसमेत गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार १०, मंगलवार ०४:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP